×

चितवन। चितवनको भरतपुरमा रहेको अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् ।युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका रहेका छन् ।

अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स ओलम्पियामा सहभागी हुन लागेको विद्यालयका प्राचार्य शेरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।नेपालको प्रतिनिधित्व गर्दै जान लाग्नुभएका विद्यार्थीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिदाइ गर्नुभएको छ । सो अवसरमा मेयर दाहालले विद्यार्थीहरूलाई जितको शुभकामना दिनुभयो । हौसलाका लागि महानगरले सक्दो सहयोग गर्ने मेयर दाहालको प्रतिबद्धता थियो ।

अरोमा स्कुलका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आफ्ना विद्यार्थीलाई सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागीताका लागि पठाउन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । विश्वका १०० भन्दा बढी देशबाट गएका विद्यार्थीलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ । हरेक देशबाट पाँच÷पाँच जना विद्यार्थी जान पाउने छन् ।

तपाईको प्रतिक्रिया