×

गैँडाकोट । नारायणी नदीमा आएको बाढीका कारण नवलपुरको गैँडाकोटमा २ दर्जन घर डुवानमा परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी किनारका २ दर्जनघरहरु नदीमा आएको बाढिका कारण डुवानमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटले डुवानमा परेका घरमा रहेका स्थानीयलाई नजिकै रहेको टोलसूधार समितिको कार्यालय तथा ट्रष्टको कार्यालयमा स्थानान्तरण गरिएको छ । बाढीबाट अहिलेसम्म कुनै क्षति भने भएको छैन ।

 

तपाईको प्रतिक्रिया