×

चितवन । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चितवन जिल्लाबाट ४ जीपीए ल्याएका तीनजना विद्यार्थीहरुले नारायणी पब्लिक ईङ्लिस स्कुल रोजेका छन् । नारायणी पब्लिक ईङ्लिस स्कुलबाट ४ जीपीए सहित एसइइ पास गरेका २ जना र चितवन माविबाट एसइइ पास गरेका गरि तीनजना विद्यार्थीहरुले कक्षा ११ मा विज्ञान विषयमा अध्ययन गर्न नारायणी पब्लिक ईङ्लिस स्कुल रोजेका हुन् ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेले एलिजा सिग्देल, जनभी कडेल, र विशाल मगरातीले नारायणी पब्लिक ईङ्लिस स्कुलमा अध्ययन गर्ने निधो गरेकोे बताउनुभयो । राम्रो जिपीए सहित एसइइ पास गरेका विद्यार्थीहरुलाई स्कुलले निःशुल्क रुपमा अध्ययनको व्यवस्था मिलाएको समेत न्यौपानेले बताउनुभयो । चारैजना विद्यार्थीहरुले स्कुलले विनाकुनै शुल्क कक्षा ११ र १२ मा अध्ययनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. ११ मा अवस्थित नारायणी पब्लिक ईङ्लिस स्कुलमा साइन्स, म्यानेजमेन्ट र कानून विषयमा अध्ययनका लागि भर्ना प्रकृया सुरु गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया