×

चितवन । नेकपा एमाले चितवनको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पार्टी उपाध्यक्ष कमलराज पाठकले उमेदवारी दर्ता गराएका छन् । निर्वतमान अध्यक्ष रामप्रसाद न्यौपानेको प्रस्ताव र नेता कृष्णप्रसाद भूर्तेलको सर्मथनका पाठकले अध्यक्ष पदमा उमेदवारी दिएका हुन् ।

अध्यक्ष पदका आकांक्षी रहेका न्यौपाने र भूर्तेल दुवैले नेता पाठकलाई प्रस्ताव र सर्मथन गरेपछि अध्यक्ष पदमा कमलराज पाठक सर्वसम्मत बन्ने लगभग निश्चित जस्तै छ ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं. ३ स्थायी घर भएका नेता पाठक नेकपा एमाले चितवन जिल्ला कमिटिमा २ दशकदेखि आवद्ध रहदै आएका छन् । अध्यक्ष पदमा सर्वसम्मत रुपमा पाठक चयन हुने देखिएपनि अन्य पदहरुमा के हुन्छ भनेर अहिलेनै भन्न सक्ने अवस्था छैन ।
अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने छ ।

तपाईको प्रतिक्रिया