संगिता आचार्य
चितवन – नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को ३३ औँ स्थापना दिवसको अवसरमा चितवनमा सरसफाई तथा कर्मचारी सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सबल कृषि अनुसन्धान, आयात प्रतिष्थापन र खाद्य सम्प्रभुत्तामा योगदान भन्ने नाराका साथ राष्ट्रिय मकैबाली कार्यक्रम रामपुरमा सरसफाइ तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको हो ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डाक्टर राजेन्द्र दराइको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय परिसरमा कागती,निम, बयर लगायतका विभिन्न प्रजातीका विरुवाहरु रोपिएको थियो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु कृष्णप्रसाद दवाडी (प्राविधिक सहयोगी पाँचौ) र मुना दराई (ज्यालादारी) लाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
वि.स २०२९ सालमा स्थापना भएको राष्ट्रिय मकैबाली कार्यक्रमले हालसम्म ३१ वटा खुल्ला सेंचित मकैका जातहरु, १० वटा हाइब्रीड मकैका जातहरु र ८४ वटा बहुराष्ट्रिय कमपनीका हाइब्रीड मकैका जातहरु विकास गरिसेकेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डाक्टर राजेन्द्र दराइले जानकारी दिनुभयो ।उहाँका अनुसार मकैबाली अनुसन्धान कार्यक्रमले रोग तथा किराको व्यवस्थान, माटो ब्यवस्थापन मकै खेती प्रविधीको विकास समेत गरिसकेकको छ ।




उज्यालो खबर




