×

काठमाडौं । राष्ट्रियसभामा अध्यक्षमा नारायणका दाहाललाई जिताउन सत्ता गठबन्धनको संयुक्त बैठक बसेको छ।माओवादीको तर्फबाट उम्मेदवारी दिएका दाहाललाई जिताउन गठबन्धन दलको संयुक्त बैठक बसेको हो।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, नेकपा एस र जसपा सहभागी छन्। तर, गठबन्धनमा असन्तुष्टि जनाउँदै आएका माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलपछि उनको माग आंशिक पूरा भएको छ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन केही बेरमा सुरु हुँदैछ। उम्मेदवार दाहाललाई ओलीकै छेउमा राखेर गठबन्धन दलमा ओलीले मत दिन ह्विप जारी गरेका छन्।अध्यक्षमा दाहालसँग कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। तर, गठबन्धनसँग सुविधाजनक बहुमत भएकाले जित निश्चित छ।

राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन्। भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।

तपाईको प्रतिक्रिया