×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजका विद्यार्थीहरुले गोरखाको तीनवटा सरकारी स्कुलका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका छन् । बिबिए अध्ययनरत विद्यार्थीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
कलेजका बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना तथा कलेजको समन्यवमा बारपाक सुलीकोट गाँउपालिकाका तीनवटा विद्यालयका १२५ जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

कलेजका बिबिए विभाग प्रमुख डा. मधुसुधन लामिछानेका अनुसार बारपाक सुलीकोट गाउपालिका वडा नं. २ को नारद पोखरी आधारभूत विद्यालय, भगवती आधारभूत विद्यालय र वडा नं. १ को हिमालय माध्यामिक विद्यालयका १२५ जना विद्यार्थीहरुलाई कापी, कलम,स्कीपीङ, ब्याडमिन्टन, भलिवल लगायतका शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

शैक्षिक तथा खेलकुद सामग्री सहयोग कार्यक्रमा बारपाक सुलीकोट गाँउपालिका वडा नं. १ का अध्यक्ष धन बहादुर घले, वडा नं. २ का अध्यक्ष पूर्ण बहादुर गुरुङ, अक्सफोर्ड कलेजका प्राध्यापक डा.धर्मराज उप्रेती,हिमालय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम बहादुर बिक, प्रचार्य जनि बहादुर घले, भगवती आधारभूत विद्यालयका शिक्षक मणिलाल घले, नारदपोखरी आधारभूत विद्यालयका शिक्षक ठिम बहादुर घले, अक्सफोर्ड कलेज बिबिए तेस्रो सेमेस्टरका विद्यार्थीहरु मंजित पाठक,कृशला सापकोटा, भाष्कर ढुंगाना लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया