चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ चितवनको पौष २३ गते ५७ औँ साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष (उद्योग तर्फ) पदका प्रत्यासी थिर प्रसाद धितालले अशोक अधिकारीलाई सर्मथन गर्दै उमेदवारी फिर्ता लिएका हुन् ।
अध्यक्ष पदका प्रत्यासी सुमन कुमार श्रेष्ठ सहितको प्यानलले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर धितालले आफ्नो उमेदवारी फिर्ता लिदै अधिकारीलाई आफ्नो समर्थन रहेको घोषणा गरे ।ब्यवसायीक एकताका लागि जुधेर भन्दा मिलेर अघि बढ्ने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी दिए ।
धितालले उमेदवारी फिर्ता लिएको जानकारी गराएसँगै उपाध्यक्ष (उद्योग तर्फ) अशोक अधिकारी विजयी हुने पक्कापक्की भएको छ । तोकिएको समयभन्दा पछि उमेदवारी फिर्ता भएका कारण मतपत्रमा भने थिरप्रसाद र अशोक अधिकारी दुवैको नाम हुनेछ ।क्षेत्रपुरको दियालो फुडल्याण्डमा हुने अधिवेशनमा २७९४ जना व्यवसायी मतदाताहरुले भोट हालेर नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

उज्यालो खबर