×

चितवन । पश्चिम चितवनको इलाका प्रहरी कार्यालय चनौलीमा आजदेखि प्रहरी निरीक्षकको नेतृत्वमा सेवा सुरु भएको छ । यसअघि प्रहरी वरिष्ठ नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोलीले सेवा दिदै आएकोमा आजदेखि प्रहरी निरीक्षकको कमाण्डमा काम सुरु भएको हो ।

इलाका प्रहरी कार्यालय चनौलीमा आजदेखि प्रहरी निरीक्षक हिमबहादुर केसीले कार्यप्रारम्भ गर्नुभएको छ । इलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत केसीलाई प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय चनौलीमा पठाएको हो । इलाका प्रहरी कार्यालय चनौलीले अवदेखि  भरतपुर महानगरपालिका वडा नं. १५,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाहरु हेर्ने भएको छ ।

स्थानीय सरकार, राजनैतिक दल तथा समाजका बौद्धिक बर्गहरुको सहयोगमा आफ्नो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न आफ्नो नेतृत्वको टिम लागिरहने प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया