×

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६, अलिसान सराफुले १६ र आसिफ खानले १३ रन जोडे ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।उत्कृष्ट बलिङ गरेका मल्लले जम्मा ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका हुन् । अन्तिम ओभरमा उनल् जम्मा ५ रन खर्चेर २ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया