×

चितवन ।  चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु  भएको छ । बिहिबार साँझ खैरहनी नगरपालिका १ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्वरको स्कुटरलाई विपरित दिशाबाट जाँदै गरेको बा ३ ख २३५४ नम्वरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया