चितवन। १९ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४ औं वार्षिकोत्सवको अवसरमा आज यहाँ म्याराथुन दौड प्रतियोगिता सम्पन्न भयो । भरतपुरको चौबीसकोठीबाट शुरु भएको दौड अस्पताल प्राङ्गणमा पुगेर समापन भएको हो ।
दौडमा अस्पतालका चिकित्सक, कर्मचारी लगायत स्थानीयको सहभागिता थियो । दौडमा खुल्ला तर्फ कमल दराई प्रथम, सजिल बुढाथोकी द्वितीय र दिवस तृतीय हुनु भयो ।
यसैगरी अस्पतालका चिकित्सक कर्मचारी तर्फ हेमराज गोर्जामगर प्रथम, दिलिप कर्माचार्य द्वितीय र सुरेन्द्र महतो तृतीय हुनुभयो । महिला तर्फ न्यू जिङ रेन प्रथम, नतलिया ठाकुर द्वितीय र डा.वाङ लि तृतीय हुनुभयो ।
प्रतियोगिताको शुभारम्भमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा।विराजराज न्यौपाने, कार्यकारी निर्देशक डा।शिवजी पौडेल, उपनिर्देशक उमेश नेपाल, अस्पताल सञ्चालकहरु, चिकित्सक, नर्स र कर्मचारीहरुको उपस्थिति थियो ।




उज्यालो खबर




