गैँडाकोट । नवलपुरमा खोलाका तस्कहरुको ढुङ्गा प्रहारबाट नगरप्रहरी जवान गम्भिर घाइते भएकी छिन् । हुप्सेकोट गाउँपालिकामा कार्यरत नगर प्रहरी यममाया मल्ल तस्करीमा संग्लन ब्यक्तिहरुको ढुङ्गा प्रहारबाट गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हिजोराति १० वजे हुप्सेकोट गाउपालिका वडा नं. ४ स्थित गिरुवारी खोलामा नदीजन्य पदार्थ उत्खनन भैरहेको सूचना पाएपछि त्यसलाई रोक्नखोज्दा अचानक तस्करहरुबाट ढुङ्गा प्रहारबाट हुँदा उनि गम्भिर घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भूवनेश्वर तिवारीका अनुसार घाइते मल्लको टाउकोको बायाँभागमा गम्भिर चोट लागेको छ । नयाँ मेडिकल कलेज भरतपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाइ आजै जहाज मार्फत अन्नपूर्ण न्यूरो अस्पताल काठमान्डौ पठाइएको छ ।
यसैविच प्रहरीले तस्करीमा संग्लन रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हुप्सेकोट गाउपालिका वडा नं. ४ बस्ने २५ बर्षीय देव बहादुर सोमै, २१ ब्र्षका रोशन थापा, वडा नं. ३ का २४ बर्षका मुक्तनाथ बैम्बु रहेका छन् । घटनास्थलबाट उनिहरुले प्रयोग गर्ने गरेको लु ४ त ४७३६ न.को ट्याक्टर र लु.५५प.३०२८ नं.को मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




















उज्यालो खबर











