×

गैँडाकोट । घरेलु रक्सी बेच्न पाउनुपर्ने भन्दै नेपाल मगरसंघ गैँडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले केहिदिन अघि नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५२० लिटर घरेलु रक्सी स्थानीय जनप्रतिनिधीको रोहबरमा नष्ट गरेपछि मगरसंघ रिसाएको हो ।

नेपाल मगरसंघ गैँडाकोटका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगरको नेतृत्वमा नगरपालिका गएको टोलीले मेयर मदनभक्त अधिकारीलाइ ज्ञापनपत्र बुँझाउदै जिविकोपार्जनको माध्यम बनेको घरेलु रक्सीलाई पक्राउ गरि नष्ट गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मगरसंघले बुझाएको ज्ञापनपत्रमा स्थानीय स्तरमा उत्पादन भएको मदिरालाई बैधानिक बनाउने विषयमा संसदमा समेत कुराहरु उठेको र छलफल भैरहेको सन्दर्भमा सस्तो प्रचारबाजीमा उत्रिएर स्थानीयलाइ नै कमजोर बनाउने काम भएको भन्दै यस्ता कार्य तत्काल सच्चाउन भनिएको छ ।

विज्ञेप्तीमा गैँडाकोट नगरका वडा नं. ३, १४ र १८ का विभिन्न क्षेत्रमा बसोबास गर्ने नगरवासीहरु आर्थिक रुपमा कमजोर रहेको भन्दै स्थानीय सरकारले कानून बनाएर जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया