×

गैँडाकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गैँडाकोट नगर कमिटीको अध्यक्षमा नविन ढकाल निर्वाचित भएका छन् । गैँडाकोटको थुम्सीमा आज भएको तेस्रो नगर सम्मेलनले ढकालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा ममता पाण्डे, सचिवमा दिनेश ठाडा (मगर), कोषाध्यक्षमा गंगा कंडेल र सहसचिवमा जमुना परियार चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिए । ढकालले आफ्नो नेतृत्वको अखिल चलाएमान बनाउने बताउदै पार्टीको निर्देशनलाई आत्मसाथ गर्दै विद्यार्थी हकहित र अधिकारका लागि सदैव लड्ने प्रतिकृया दिए ।

तपाईको प्रतिक्रिया