×

चितवन । चितवनको राप्ती नगरपालिका वडा नं. १ लोथरबाट अवैध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट करिब ६० किलो गाँजा बरामद भएको हो ।
गाँजासहित पक्राउ पर्नेमा भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान र मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ बस्ने बस्ने ४५ वर्ष राजुकुमार पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको थियो ।
राप्ती–१ लोथरस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया