गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनले सिँचाईका लागि कृषक समुहलाई पाइप वितरण गरेको छ । मौलाकाली सामुदायिक वनका अध्यक्ष कोषाध्यक्ष एवंम् विकास निर्माण समितिका संयोजक कमलप्रसाद कंडेलका अनुसार समुहको आर्थिक वर्ष २०७९/ ८० को बार्षिक निती तथा कार्यक्रम अनुसार तीनवटा कृषक समुहलाइ पाइप उपलव्ध गराइएको हो ।
सामुदायिक वनको कार्यक्षेत्रभित्र रहेका शुभ कृषक समुह, नवप्रतिभा कृषक समुह र गंगानगर कृषक समुहलाई करिव १ लाख ५० हजार बराबरको पाइप उपलव्ध गराइएको कंडेलले बताउनुभयो । कृषि उत्पादन बृद्धिमा टेवा पुर्याउने उदेश्यले पाइप उपलव्ध गराइएको हो ।
पाइप वितरण कार्यक्रमा मौलाकाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद सापकोटा, उपाध्यक्ष भगवान घिमिरे, सचिव देवकी मिश्र, कोषाध्यक्ष कमलप्रसाद कंडेल, सहकोषाध्यक्ष केशवहरी पौडेल,सदस्यहरु खगराज कंडेल, ठाकुरप्रसाद सापकोटा र ब्यवस्थापक अर्जुन सापकोटाको सहभागिता रहेको थियो ।

उज्यालो खबर