गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन बोडिङ इङ्लिस स्कुललको नतिजा नगरकै उत्कृष्ट आएको स्कुलले दावी गरेको छ । यसवर्षको एसइइ परिक्षामा सहभागी २७ जना विद्यार्थीहरुको राम्रो अंक सहित उतिर्ण भएको विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले जानकारी दिनुभयो । स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको हो ।
मुकुन्दसेन बोडिङ इङ्लिस स्कुलबाट एसइइ दिएका २७ जना सबै राम्रो अंक सहित उतीर्ण भएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने १३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ६ जना २.८ देखि ३.२ जीपीए ल्याउने ५ जना, २.४ देखि २.८ जीपीए ल्याउने २ जना र १.८ देखि २.४ जीपीए ल्याउने १ जना रहेको प्राचार्य पौडेलले बताउनुभयो । एसइइ दिएका विद्यार्थीहरुले प्राप्त गरेको नतिजालाइ हेर्दा स्कूलको औषत जिपीए ३.३६२ हुन आउँछ ।




उज्यालो खबर