काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गरेका छन्।गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ।उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।



उज्यालो खबर




