चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरू सुझाव दिएका छन् ।चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशनका क्रममा बोल्दै दपार्टी सभापति देउवाले यस्तो बताएका हुन् ।
काँग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले काँग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको प्रष्टीकरण दिए ।
पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको देउवाले बताए । काँग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमति नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।