×

चितवन । ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा शुक्रबार (आज) चितवनमा हुने भएको छ ।बिहान ११ बजेदेखि भरतपुरको गार्डेन रिसोर्टमा ग्रेसले आफ्नो शैक्षिक यात्रा गर्न लागेको हो ।शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका ९ स्थानमा शैक्षिक यात्रा गर्ने अभियान अन्र्तगत हालसम्म दमक, विराटनगर, बिर्तामोड, हेटौडामा सम्पन्न गरिसकेको छ ।

बुटवल, पोखरा, बाग्लुङ, काठमान्डौमा बाँकी रहेको छ । विदेश अध्ययनमा जान चाहने विधार्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पूर्वजानकारी दिने उद्देश्यले ग्रेसले शैक्षिक यात्रा गरिरहेको हो ।अहिले विदेश अध्ययनमा विद्यार्थीहरुको आकर्षण अत्यधिक रहे पनि विद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने र ग्रेसको शैक्षिक यात्राले यस्तो खालको अन्योल हटाउन सहयोग गर्ने चितवन शाखा प्रमुख गणेश लामिछानेले बताउनुभयो ।

कार्यक्रममा उपस्थित हुने विद्यार्थीहरु मध्येबाट लक्की ड्र र विभिन्न आकर्षक गेमहरु खेलाई विजेताहरुलाई आयोजकको तर्फबाट निःशुल्क आईएलटीएस, पीटीई भौचर र अन्य आकर्षक उपहारहरुसमेत प्रदान गरिने लामिछानेले बताउनुभयो । शैक्षिक यात्रा चितवन कार्यक्रममा प्रेरक वक्ता राजन कोइराला, चर्चित कलाकार सुरक्षा पन्त, प्रसिद्ध हास्य कलाकार कैलास कार्की,ग्रेस इन्टरनेशनलका इन्टरनेशनल अफ इयरका निर्देशक एन्ड्री पौडेल, निर्माता, निर्देशक, तथा कार्यक्रम प्रस्तोता आरके धिताललगायतले आफ्नो प्रस्तुति दिनुहुनेछ ।

तपाईको प्रतिक्रिया