चितवन । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको चितवनको सबैभन्दा जेठो इमेज इन्स्टिच्यूटले चनौली शाखाको भाषा प्रशिक्षकमा सागर बुढाथोकीलाई नियुक्त गरेको छ ।स्थापनाकालदेखि नै मुख्य कार्यालय शहिदचोकमा भाषा प्रशिक्षकको रुपमा रहनुभएका बुढाथोकीलाई विहिवार देखि चनौली शाखामा प्रमुख भाषा प्रशिक्षक (शिक्षक) को रुपमा नियुक्त गरिएको इमेज इन्स्टिच्यूटले जनाएको छ ।
इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले विद्यार्थी तथा अभिभावकहरुको विशेष अनुरोधका कारण सागर सरलाई चनौली शाखाको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।प्रमुुख प्रमुख प्रशिक्षकको जिम्मेबारी पाएसँगै आजदेखि सागर बुढाथोकीले आफ्नो कार्यभार सुरु गर्नुभएको छ । विगत १७ वर्षदेखि चितवनमा जापनिज भाषाा अध्यापन गराउदै आउनुभएका सागर बुढाथोकी कुशल भाषा प्रशिक्षकका रुपमा परिचित हुनुहुन्छ ।


विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रहेका छन् ।



उज्यालो खबर




