×

चितवन ।  चितवनका सांसद विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले सन् २०२१्२२ मा ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको छ ।अघिल्लो वर्ष २०२१्२१ को तुलनामा २०२१्२२ मा कम्पनीको व्यापार २८ प्रतिशतले बढोत्तरी भएको हो ।

अघिल्लो वर्ष कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको थियो । कोरोना महामारीका कारण विभिन्न परियोजना निर्माण पछि धकेलिँदा कम्पनीको व्यापार घटेको थियो । कम्पनीले २०१९/२० मा ३ अर्ब ५५ करोड, २०१८/१९ मा तीन अर्ब ३३ करोड र २०१७/१८ मा तीन अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीमा सांसद विक्रम पाण्डे र पार्वती पाण्डेको समान ४९।९८ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी समान ०।०४ प्रतिशत चार कम्पनीसँग छ ।कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका विक्रम पाण्डे चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

क वर्गको निर्माण कम्पनी कालिकाले पुल, सडक, भवन, जलविद्युत, सिँचाइ, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्दै आएको छ । कम्पनीले १२ अर्ब ७७ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुनःपुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया