चितवन । पश्चिम चितवनको श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले उपहार स्वपरुप (डायरी,कलम) प्रदान गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप ५६ विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो । सो अवसरमा विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई दिवाखाजा समेत उपलव्ध खुवाइएको थियो ।
कक्षा ११ का छात्रा पुष्पा सापकोटाको अध्यक्षतामा तथा इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक रामकान्त न्यौपाने रहनुभएको थियो ।कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथोकी, विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्रप्रसाद ढकाल,इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा, मेघौली शाखा प्रमुख दिपेन्द्र महतो सहित विद्यालयका शिक्षक शिक्षिकाहरु अतिथिको रुपमा रहनुभएको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिक शुसीला जमरकट्टेलले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम् युवा समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै इमेजले सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो ।बुढाथोकीले विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान आउँदा दिनहरुमा समेत निरन्तर अघि बढाइने जानकारी दिनुभयो । बजार क्षेत्रका स्कुलहरुमा सबैको नजर पुग्ने भएपनि ग्रामिणक्षेत्रका विद्यालयहरुमा अधिकांसको नजर नपुग्ने भएकोले ईमेजले सदैव ग्रामीण क्षेत्रका विद्यालयहरुमा आफ्नो सहभागिता जनाउदै आएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्याक महेन्द्र प्रसाद ढकालले कक्षा ११ ले आयोजना गरेको विदाई समारोहमा सहभागी हुँदै इमेजले आफ्ना विद्यालयका विद्यार्थीहरुलाई उपहार स्वरुप डायरी र कलम प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । चितवनमा थुप्रै शैक्षिक परामर्शदाताहरु भएतापनि स्कुलमै आएर सहयोग गरेकोमा इमेजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान अन्तर्गत हालसम्म चितवन र गोरखाका सातवटा विद्यालयका ६२९ जना विद्यार्थीहरुलाई ईमेजले मायाँको चिनो उपलव्ध गराइसकेको छ । विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।
कार्यक्रमका केहि तस्विरहरु :




उज्यालो खबर




