×

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताएका छन् । २६ पुसमा विश्वासको मत लिएका प्रधानमत्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उनले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन भनेर प्रश्न गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले फेरि एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’

उनले अघि भने, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेण्डा छैन । क्षणक्षणमा विश्वासको मत । यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन रु’

तपाईको प्रतिक्रिया