चितवन । पश्चिम चितवनको मेघौलीमा रहेको जानकी माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले उपहार स्वपरुप (डायरी,कलम) प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ मा अवस्थित श्री जानकी माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप ८३ विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो ।

विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद  सापकोटाको अध्यक्षता तथा इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथोकी, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा, पत्रकार रामकान्त पौडेल, इमेजकाे मेघौली शाखाका कर्मचारी अनुपा महतो अतिथिको रुपमा रहनुभएको थियो ।

विदाई समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम् समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । विगतका दिनहरुमा जस्तै इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद  सापकोटाले इमेजले विद्यालयसँग लामो समयदेखि सहकार्य गर्दै आएको भन्दै प्रसंसा ब्यक्त गर्नुभयो । विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान अन्र्तगत यसअघि चितवनको आर्दश माध्यमिक विद्यालय दिव्यनगर, भानु माध्यमिक विद्यालय पहारिलोटार र गोरखाको श्रीजनज्योति माध्यमिक विद्यालयमा मायाँको चिनो स्वरुप कलम र डायरी वितरण गरिसकिएको छ ।विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान आगामि दिनमा समेत निरन्तर अघि बढाइने इमेजका निर्देशक सुजिना बुढाथोकीले जानकारी दिनुभयाे ।

विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।

जानकी माविमा भएकाे कार्यक्रमका केहि तस्विरहरु :

तपाईको प्रतिक्रिया