सुस्मा न्याैपाने

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी पाँचदिने तालिम विहिवारदेखि सुरु भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना तथा पश्चिमाञ्चल टेक्निकल कलेज प्रा.लिको प्राविधिक सहयोगमा सुरु भएको तालिममा नगरभित्रका ३४ जना डकर्मीहरु सहभागि रहेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा गैँडाकोट नगरपालिका भवन तथा वस्ती विकाश शाखाका इन्जिनियर मञ्जिल थपलिया, सव इन्जिनियर निराजन भट्ट, र अंकित गौतम अतिथिको रुपमा रहनुभएको थियो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले नगरभित्र भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेर मात्रै काम सुरु गर्न आग्रह गर्नुभयो । अव बन्ने भवनहरु भुकम्प प्रतिरोधी हुनुुपर्ने भन्दै उहाँले निर्माण भैरहेका र अव निर्माण हुने भवनहरुको नगरपालिकाले ध्यानपूर्वक हेरिरहेको समेत बताउनुभयो ।

पाँचदिने तालिममा प्रमुख प्रशिक्षक इन्जिनियर विनोद सापकोटा, अशोक पोखरेल सन्देश सिग्देल, सन्तोष पौडेल, प्रदिप कार्की लगायतले भूकम्प प्रतिरोधी भवन निर्माण गर्दा ध्यान दिनुुपर्ने कुराहरु तथा कम लागतमा गुणस्तरीय भवन निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया