
चितवन । नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको एक सरकारी विद्यालयमा अध्यययन गर्ने पाँचजना विद्यार्थीहरुलाई एकवर्षको पुर्णछात्रवृति उपलव्ध गराएको छ ।भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालयको कक्षा ११ र १२ का पाँचजना छात्राहरुका लागि छात्रवृति उपलव्ध गराइएको हो ।
विद्यालय परिसरमा आज आयोजित एक कार्यक्रममा इमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयका छात्राहरुलाई छात्रवृति उपलव्ध गराइएको बताउनुभयो ।इमेजले हरेक वर्ष सरकारी विद्यालयका विद्यार्थीहरुका लागि नवीनतम कामहरु गर्दै आएको भन्दै उहाँले चितवनकै माटोमा जन्मेको इमेजले चितवनकै सरकारी विद्यालयहरुमा सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी ढकालले आफ्नो विद्यालयलाई रोजेर इमेजले गरेको सहयोग प्रशंसायोग्य रहेको बताउनुभयो । छात्रवृति प्राप्त गरेका विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई प्रभावकारी ढंगले अगाडि बढाउन भन्दै इमेजले गरेको सहयोगले अगाडि बढ्को लागि मद्धत मिलेको बताउनुभयो ।
कक्षा ११ का छात्राहरु पुष्पा सापकोटा, प्रमिशा कुमाल तथा कक्षा १२ का छात्राहरु करुणा महतो, रञ्जु न्यौपाने र सुजता कुमालले छात्रबृति प्राप्त गरेका हुन् । उनिहरुको एक शैक्षिकसत्रको लागि लाग्ने सबै खर्च लागि इमेजले व्यर्होने छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी ढकालको अध्यक्षता तथा इमेजका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथाकी संस्थापक अभिभावकहरु अक्कल सिंह र शुसीला सिंह विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य रमाकान्त न्यौपाने, सल्लाहकार संयोजक लोकनाथ सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य रिकमाया महतो, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा, विद्यालयका सहायक प्रचार्य महेन्द्र प्रसाद ढकाल , शिक्षक शुक्रराज काफ्ले, शिक्षक प्रतिनिधि बुद्धि कंडेल तथा शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । दश जोड २ सम्म पठनपाठन हुँदै आएको पश्चिम चितवनको पाको विद्यालय सरस्वती माध्यामिक विद्यालयमा हाल ७६३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।