चितवन ।दुर्लव एकसिङे गैँडाको खाग ओसारपसार तथा बिक्रीवितरणमा सहभागी भएका चितवनका ६ जना सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो ।पौष १९ गतेदेखि माघ २५ गतेसम्म एकमहिनाको अवधिमा प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरुमा झापा भद्रपुरका ४५ वर्षका ईन्द्रमणी आचार्य, बाँके, कोहलपुर नगरपालिका वडा नं. ११, बस्ने बर्ष ४१ की जमुना कुमारी शर्मा , पाल्पा भुवनपोखरी गा.बि.स. वडा नं. ९ बस्ने बर्ष ६२ का बाबुलाल भट्टराई,कैलाली मसुरियाका बर्ष ६१ का गणेश भनिने गजाधर सापकोटा, कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुर बस्ने वर्ष ३६ का प्रताप चौधरी, काठमाण्डौं महानगरपालिका वडा नं. –६ चावहिल बस्ने बर्ष ४५ का डम्बर कुमार आले मगर, गोरखा पालुङटार नगरपालिका वडा नं २, ठाँटीपोखरी बस्ने बर्ष ४७ का दान बहादुर राना , स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ बस्ने बर्ष ४६ का निर्मल शाही, वालिङ नगरपालिका वडा नं.–८ जैसीपधेँरा बस्ने वर्ष ३८ की हरिमाया राना रहेका छन् ।

त्यसैगरी चितवन साबिक शक्तिखोर गा.वि.स ५ हाल भरतपुर म.न.पा. ८ बस्ने बर्ष ४० की सम्झना चेपाङ भन्ने कमला तामाङ , कालिका नगरपालिका वडा नं. ९ शेरबास बस्ने बर्ष ३९ को राजु भन्ने सोम बहादुर चेपाङ, इच्छाकामना गाँउपालिका वडा नं. ७ पदमपुर बस्ने बर्ष ३० कि तुलसी चेपाङ , इच्छाकामना गाँउपालिका वडा नं. ७ सुन्दरबस्ती बस्ने बर्ष ३९ को बिरमान वाइबा , कालिका नगरपालिका वडा नं. ९ शेरबास बस्ने बर्ष ३० का राधाकृष्ण चेपाङ र भरतपुर ८ गौरीगंजका आइत बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया