चितवन–जिल्ला प्रशासन कार्यालय चितवनले आज दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै आज (बुधबार)  दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।

राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया