चितवन । विगत लामो समयदेखि उच्च शिक्षा अध्यनका लागि विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको अष्ट्रेलियाका  लागि ग्लोबल रिच चितवनले भरतपुरमा वृहत सेमीनार सम्पन्न गरेको छ ।आईतबार भरतपुर–१०, स्थित गार्डेन रिसोर्टमा गरिएको सेमीनारमा करिव ४५० जना विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुले अष्ट्रेलियाबाट आएका १५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिएको ग्लोबल रिच चितवनका निर्देशक शुरेस पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीका लागि चाहिने शैक्षिक योग्यता, बैङकिङ प्रक्रिया, कलेज तथा विश्वविद्यालयको अवस्थाको बारेमा सेमीनारमा जानकारी गराईएको थियो ।एकदिने सेमीनारमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको पौडेलले बताउनुभयो । उहाँले सेमीनारबाट विद्यार्थीहरुले धेरै विषयमा लाभ लिएको बताउनुभयाे । ‘अहिले पनि अष्ट्रेलिया विद्यार्धीहरुकाे  रोजाईमा  पर्ने गरेको छ, त्यहाँका प्रतिनिधिबाट विद्यार्थी तथा अभिभावक आफैले सबै जिज्ञाशाको समाधन गर्न पाएका छन’–निर्देशक पौडेलले भन्नुभयाे ।

विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा त्यहाँ अध्ययन गर्न आवश्यक मापदण्ड र शिक्षाको बारेमा प्रत्यक्ष रुपमा परामर्श दिएका थिए । सेमीनार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म संचालन भएको थियो । अष्ट्रेलियाका लागि चितवनको ख्याती प्राप्त ग्लोबल रिचले अष्ट्रेलिया  जान चाहने विद्यार्थीहरु लक्षित गर्दै सेमीनारहरु आयोजना गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया