×

सुस्मा न्यौपाने
गैँडाकोट । मध्यनेपालको उत्कृष्ट सहकारी किसान बचत तथा ऋण सहकारी संस्थाले श्रीपंचमीको अवसरमा नवलपुरका विभिन्न  विद्यालयहरुका गरिव तथा जेहेन्दार विध्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको छ ।नवलपुरको गैँडाकोट १४ मा  रहेका विजयज्योती आधारभुत विद्यालय,पञ्चज्योती आधारभूत विद्यालय र मध्यविन्दु १२मा रहेको सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।

विजयज्योती र पञ्चज्योतीका ७० जना विद्यार्थीहरुलाई झोला , किताव र अन्य शैक्षिक सामाग्रीहरु उपलव्ध गराइएको थियो भने सरस्वती आधारभुत विद्यालयका १० जना विद्यार्थीहरुलाई झोला, कापी, ज्यामितीबक्स सिसाकलम लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

गैँडाकोट नगरपालिका वडा नं. १४ मा अवस्थित विजयज्योती र पञ्चज्योती आधारभुत विद्यालयमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्राचार्यहरु झलकराज पौडेल र मेघनाथ सुवेदी, अमरापुरी सेवाकेन्द्रका संयोजक ठाकुरप्रसाद पाण्डे, सहसंयोजक हिरादेवी उपाध्याय, सदस्यहरु देवेन्द्र कोृइराला,केशवराज मिश्र,रामकुमार पाण्डे, गणेश तिमिल्सिना, मेखा बहादुर गन्द्रमा मगर, सावित्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी मध्यविन्दु १२मा रहेको सरस्वती आधारभुत विद्यालयमा आयाेजित शैक्षिक सामाग्री सहयोग कार्यक्रममा किसान साकाेस अरुणखाेला सेवाकेन्द्रका संयाेजक अर्जुन खनाल , ब्यवस्थापन समितिका पदाधकारी तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

किसानले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत किसान छात्रवृति,रक्तदान, नेत्रदान,बौद्धिक सम्पत्ती संरक्षण प्रर्वधनका कार्यक्रम, जेष्ठ नागरिक सम्मान, आयआर्जन तथा सीपमुलक तालिम लगायतका विभिन्न  सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

शैक्षिक सामाग्री वितरणका तस्विरहरु :

तपाईको प्रतिक्रिया