चितवन । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडीका एकजनाको मृत्यु भएको छ ।विमानको चालक दलको सदस्य रहनुभएका माडी-८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका  ओसिन आलेमगरको दुर्घटनामा दुःखद् निधन भएको हो ।

चालक दलका चार जनामध्ये एक रहनुभएका एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्समा भर्ती हुनुभएको थियो । उहाँले केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गर्नुभएको थियो ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्नुहुन्थ्यो । ओसिनको दुःखद् निधन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ ।

तपाईको प्रतिक्रिया