गैँडाकोट । चितवन राष्टिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्र स्थित नारायणी नदिको बगर क्षेत्रमा मृत अवस्थामा पाटेबाघ भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने उहाँले बताउनुभयो। निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउसो सवा ३ वजे मृत बाघ फेला पारेको हो ।यसैगरी चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा मृत अवस्थामा भेटिएको छ ।

विहान ११.०० बजे निकुञ्जको नियमित गस्ती टोलिले मृत अवस्थामा गैँडा भेटेको हो । बाघको आक्रमणबाट गैँडाको मृत्यु भएको निकुञ्जले जनाएको छ । योसंगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०७९÷०८० मा मृत्यू हुने गैडाको संख्या ८ वटा रेकर्ड गरिएको छ ।

तपाईको प्रतिक्रिया