गैँडाकोट । स्कुलबसको ठक्करबाट गैँडाकोटमा एक बालिकाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको सूर्योदय विद्या मन्दिर को ग १ क २७५७ नम्बरको बसले ठक्कर दिदा ३ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा साइरा चुनी मगर रहेकी छिन्।  घर अगाडी बाटाेमा खेलिरहेकाे अवस्थामा बालिकालाई स्कुल बसले ठक्कर दिएकाे हाे ।  इलाका प्रहरी कार्यालय गैँडाकोटले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया