
काठमाडौं । संसदमा सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि ऊ प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ।संविधान विदहरूले पनि सरकारलाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षमा बस्न नमिल्ने बताउँछन्। संविधानविद् भीमार्जुन आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको बताए।
‘कांग्रेसको दाउ समर्थन पनि गर्छु, विश्वासको मत पनि दिन्छु, प्रतिपक्षीमा पनि बस्छु भन्ने देखियो यस्तो त संविधानले परिकल्पना गरेको नै छैन। विश्वासको मत दिइसकेपछि त्यो प्रतिपक्ष हुँदैन,’ उनले भने, ‘अनुपस्थित रहन सक्थ्यो भोट नहाल्न सक्थ्यो तर विश्वासको मत दिएपछि प्रतिपक्ष रहेन। सत्तापक्ष भयो।’
कांग्रेसले आज चालेको कदम असंसदीय र अराजनीतिक अभ्यास हो भएको उनको जिकिर छ।कांग्रेसले संसदीय व्यवस्था नै नबुझेको आचार्यको टिप्पणी छ।‘संसदीय शासन प्रणालीमा प्रतिपक्षको निकै ठूलो महत्व र भूमिका हुन्छ। कांग्रेसले किन बुझेनरु सत्ता र सरकारमा बसेको भन्दा पनि प्रतिपक्षीको ठूलो भूमिका संसदमा हुन्छ,’ उनले भने।
प्रतिपक्षीकै कारणले गरसरकारलाई जवाफदेही बनाउने, असंवैधानिक काम गर्नबाट रोकेर संवैधानिक दायरामा राख्ने, जनताका मुद्दा उठाउने भएका हुनाले प्रतिपक्षको भूमिका संसदमा महत्वपूर्ण हुने आचार्यको भनाइ छ।