पोखरा  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ।

उनलाई समर्थन गरेका सांसद मनाङे केही दिनअघि मात्रै नेकपा (एकीकृत समाजवादी)  मा प्रवेश गरेका थिए। केन्द्रमा सत्ता गठबन्धनमा नरहेको उनको दलले अधिकारीलाई समर्थन गर्ने निर्णय नगरे पनि मनाङले उनलाई समर्थन गरेका हुन्।

तपाईको प्रतिक्रिया