चितवन । चितवनमा आज बिहान ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहान सांँढे २ बजे अन्दाजी ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको हालसम्म पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा भारत उत्तर प्रदेश सहारानपुर गाउंँ बस्ने ३८ बर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतीय ट्रक ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते ती पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल उनको शव परीक्षणको लागि भरतपुर अस्पताल राखिएको छ । शबको पहिचान लागि प्रहरीले मृतकको हुलिया सहितको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । चिन्नु हुनेले खबर गरिदिन समेत प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया