
चितवन ।चितवनमा अन्य क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्दा मतगणना सुरु भएको प्रदेशसभा ३(ख) मा राप्रपा नेतृ रिना गुरुङले अग्रता लिनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार राप्रपा नेतृ गुरुङले ६८४५ मतसहित अग्रता लिइरहँदा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ठाकुर प्रसाद ढकालले ६४०४ र नेकपा (एमाले) का सरस्वती बिष्टले ४२७१ मत पाउनुभएको छ ।
भरतपुर १३ बाट सुरु भएको मतगणनाको सुरुवातमा ढकालको अग्रता रहेकोमा वडा नं। २४ मा पुग्दा गुरुङ अगाडि आउनुभएको हो । प्रतिनिधि सभातर्फ पनि यस क्षेत्रमा राप्रपाकै बिक्रम पाण्डेको अग्रता रहेको छ । हाल भरतपुर क्षेत्रको मतगणना जारी रहेको छ भने माडीको मतगणना बाँकी छ ।