चितवन । प्रदेशसभा अन्तरगत चितवन क्षेत्र नं. ३ (क)  मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिर बहादुर (ज्ञानुजंग)  तामाङ बिजयी हुनुभएको छ ।काँग्रेस माओवादी सहित गठबन्धनकाे जालाे ताेड्दै तामाङ विजयी हुनुभएकाे हाे ।

उहाँले नेपाली कांग्रेसका प्रा।डा। सुर्यकान्त घिमिरेलाई २ हजार ८ सय ५७ को भारी मतले पछि पार्दै विजयी हुनु भएको हो । बिहीबार बिहान ३ः३० बजे सकिएको सो प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार ८ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम् प्रतीस्पर्धी लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेपाली काँग्रेसका प्रा.डा. सुर्यकान्त घिमिरेले १४ हजार ९ सय ५६ र सो क्षेत्रका पूर्व प्रदेश सांसद पनि रहनुभएका नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाउनुभएको छ ।

प्रतिनिधि सभा (चितवन ३)  तर्फ भने राप्रपाकै बिक्रम पाण्डेको फराकिलो अग्रता कायमै छ ।पाण्डेले १९,९२७ मत पाउँदा नेकपा ९माओवादी केन्द्र का डा. भोजराज अधिकारीले ११,२९५ राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले ९,३१६ र एमालेको समर्थन पाउनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६,११७ मत पाउनुभएको छ । चितवन ३ (क)  को मतगणना सकिएसंगै अब चितवन ३ (ख) को मतगणना सुरु हुँदैछ । चितवन ३ ( ख ) मा पुर्व बागमती प्रदेश सांसद राप्रपाका रिना गुरुङ उमेदवार हनुहुन्छ ।

तपाईको प्रतिक्रिया