
गुञ्जनगर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं।३ का प्रतिनिधिसभाका उम्मेदवार विक्रम पाण्डेलाई गुञ्जनगरमा बाजागाजासहित स्वागत गरेको छ। भरतपुर–१८ स्थित गुञ्जनगरमा सत्तारूढ गठबन्धनको सचिवालय अगाडि नै स्थानीयले जोर नरसिङ्गासहितको बाजागाजाले स्वागत गरेका हुन्।
चितवन–३ ले विकासवादी एवम् राष्ट्रवादी नेतालाई उम्मेदवारको रूपमा पाएको भन्दै निर्वाचनअघि नै बाजागाजासहित ¥याली निकालेर स्वागत गरेको स्थानीयले बताएका छन्।
स्थानीयबाट पाएको न्यानो आतिथ्यताले निर्वाचनमा जीत शुनिश्चित भएको नेता पाण्डेले बताउनुभयो। नेता पाण्डेले सयौँ स्थानीयको भीडमा निर्वाचन जितेको जस्तै गरी स्वागत गरेको देख्दा यसपटकको जीत आफ्नै पक्षमा भइसकेको दाबी गर्नुभयो।