चितवन  । नेपाली काँग्रेस चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फुकुवाको माग गर्दै उनका समर्थकले पार्टी सभापति शेरबहादुर देउवाको अगाडि नाराबाजी गरेका छन् । कोइरालाका समर्थकहरुले भरतपुरकाे गेष्ट हाउसचाैरमा गठबन्धनकाे सभास्थलमा  चर्काे नाराबाजी गरेका हुन् ।

गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कारबाही फिर्ता गर लेखिएको व्यानर समेत बोकेका थिए । साथै आमसभामा पनि शान्तिपुर्ण तरिकाले आफ्नो कारबाही फुकुवाको माग गर्दै काङ्ग्रेस सभापति शेरवहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न चितवन आएका हुन ।

 

 

तपाईको प्रतिक्रिया