कावासोती । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेले नवलपुर क्षेत्र नं २ का मतदातालाई चिल्ला र मिठा कुरामा नभुलि विकास गर्न सक्ने गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छ्न ।

सोमबार कावासोतीको वडा नं ३ मा लोकतान्त्रिक वाम गठबन्धनको वडा सम्पर्क कार्यालय उदघाटन गर्दै महामन्त्री लामिछानेले यस्तो बताएका हुन ।  लामिछानेले मिठा कुरा गर्ने तर काम नगर्ने उम्मेदवारलाई मत हाल्न नहुने बताउदै व्यक्तिगत लगानिमै विकाशको अभियान अगाडि बढाएका गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीलाई मतदान गरेर जिताउन मतदातासँग अपिल गरेका हुन ।

एमालेले व्यवस्था विरोधीसँग अपवित्र गठबन्धन गरेकाले पनि लोकतान्त्रिक वाम गठबन्धननै अहिलेको आवश्यकता भएकाले संविधान र व्यवस्था जोगाउनका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुको विकल्प नरहेको लामिछानेको भनाई थियो ।

कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले आफू निर्वाचित भए हेल्लो सांसद कार्यक्रम सुरु गरेर यस मार्फत जनताका समस्यालाई तत्काल सम्बोधन गर्ने बताए । लामो समय देखि यस क्षेत्रका जनता बिकाशका भोका छन भन्दै कार्कीले आफु निर्वाचित भएको दिन देखिनै बिकाश र समृद्धिको अभियान थालनी गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा २ क प्रत्यक्ष तर्फका उम्मेदवार सोम सिर्पाली, समानुपातिक उम्मेदवार मोति रिजाल,भरत तिवारी, एक नारायण शर्मा, र नेताहरु अमृत श्रेष्ठ,कोषराज कार्की लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया