×

गैंडाकोट। नेपाल कम्युनिस्ट पार्टी (एमाले)  नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता रहेको बताएका छन्।

गैंडाकोट नगरपालिका वडा नं. १ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा एमालेको सरकार हुँदा बनेको भूमि आयोगले नवलपुरका सबै सुकुम्बासीको तथ्यांक संकलन कार्य सकेको र एमालेको सरकार आए लगत्तै लालपुर्जा प्रदान गर्ने बताएका छन्।

एमाले जनताको पार्टी रहेको र एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउँदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ६० हजार लालपुर्जा वितरण गरेको पौडेलले बताए। बिचमा आयोग बने पनि काम नभएको र २०७४ सालमा केपि ओली प्रधानमन्त्री हुँदा देवि ज्ञवालीको अध्यक्षतामा भुमि आयोग गठन गरि काम अगाडि बढाइएको उनले बताए ।

सबै तथ्यांक संकलन गर्ने र वितरणको तयारीमा हुँदा सरकार ढलेका कारण लालपुर्जा वितरण गर्न नपाएकाले अब नेकपा (एमाले)  को सरकार आए लालपुर्जा वितरण गर्ने र यो नै पहिलो प्राथमिकता भएको उम्मेदवार पौडेलले बताएका हुन् ।

तपाईको प्रतिक्रिया