चितवन – राइड सेयरिङ प्लाटफर्म ‘सवारी’ ले सवारीमा आवद्ध भएका चालकहरुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कार्तिक १५ गतेबाट चालकहरुका लागि भन्दै सवारीले विशेष अफर सार्वजनिक गरेको हो ।

विशेष अफर अन्र्तगत हरेक महिना सवारीमा आवद्ध भएका चालकहरुले एलइडी (स्मार्ट) टिभी र मोबाइल प्राप्त गर्नेछन् । भैरहवा, बुटवल भरतपुर, पोखरा र काठमान्डौमा सवारीले चालकहरुको लागि पुरस्कार सहितको विशेष अफर ल्याएको हो ।

कार्तिक १५ गतेबाट सुरु हुने विशेष अफरमा आवद्ध हुनको लागि चालकहरुले मोबाइल एप्लीकेशन मार्फत कम्तिमा पाँचपटक यात्रुहरु पीकअप गरेको हुनुपर्ने सवारीका सीइओ शेरबहादुर शाहले बताउनुभयो । सवारीप्रति चालहरुको आर्कषण बढाउन र बजारप्रवर्धन गर्ने नयाँ रणािनति अनुसार यो कार्यक्रम ल्याइएको भन्दै उहाँले मंसिर १५ गते लक्की ड्र मार्फत विजेता घोषणा गरिने बताउनुभयो । जि एण्ड जी ग्रुपद्धारा सञ्चालित सवारी नेपालले काठमान्डौ, पोखरा, भरतपुर र भैरहवा र बुटवलबाट सेवा प्रवाह गरिरहेको छ ।

सवारीको सेवा लिनका लागि ग्राहकहरुले मोबाइलमा सवारीको एप्लीकेशन डाउनलोड गर्नुपर्नेहुन्छ । Savari Taxi Auto & Bike लेखिएको सवारीको एप्लीकेशन डाउनलोड गरेर ग्राहकहरुले सो मार्फत सेवा लिन सक्ने उहाँले बताउनुभयो ।सवारीको एप्लीकेशनमा गएर आफु कहाँ बाट चढ्ने र कहाँ पुग्ने भन्ने कुरा जनाएपछि ग्राहकहरुले छनौट गरेको सवारीसाधन केहि मिनेटमै सो स्थानमा आईपुग्छ ।

तपाईको प्रतिक्रिया