चितवन । चितवन क्षेत्र नम्वर २ मा नेकपा एमाले का उम्मेदवारहरुलाई विजयी गराउन विद्यार्थीहरु जुटेका छन् । एमाले निकट अनेरास्ववियुले चुनाव लक्षित भेलाको आयोजना गरेर हरेक बुथमा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले चितवन २ का हरेक बुथमा १५ जना विद्यार्थी परिचालन गर्ने जनाएको छ ।

अनेरास्ववियुले चितवन २ मा ५ सय ५५ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेर भरतपुर,कालिका र इच्छाकामनामा छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ ।अनेरास्ववियुले पार्टीसंग समन्वयका लागि केन्द्रिय सचिवालय सदस्य तथा विद्यार्थी फाँट उपप्रमुख देवप्रसाद पाठक र चितवन क्षेत्र नम्वर २ को संयोजनका लागि जिल्ला सहसंयोजक हरि आचार्यलाई जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया