काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका- १० रानावाडामा विष्फोटक पदार्थ पड्किदा बालिकाको मृत्यु भएको छ । विष्फोटक पदार्थ पड्किए घाइते भएको ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।भने चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा- १० कि ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।गृहमन्त्री बालकृष्ण खाणले विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रजिअ शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया