चितवन । चितवन मेडिकल कलेजको प्रयोगशालाले ‘ए’ वर्गको मान्यता प्राप्त गरेको छ ।नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम ५ बमोजिम विशिष्ठ श्रेणीको प्रयोगशाला क्याटेगोरी ‘ए’ को ईजाजत प्रयोगशालाले प्राप्त गरेको हो ।

प्रयोगशालाले पुरा गर्नुपर्ने मापदण्डहरू युएस एफडिए ईक्युपमेन्ट र मेसिन, युएसएफडिए केमिकल्स रिएजेन्टस् र किट, ईक्युएस (सिएमसि भ्यालोर), एनईक्युएएस (एनएचएल), आईक्युसी (रयान्डेक्स) पुरा गरी उत्कृष्ट प्रयोगशालाको इजाजत पाएको अस्पतालका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले बताए ।

मान्यता प्राप्त भएको २ वर्ष भित्रै आईएसओ स् १५८९:२०१२ लिनु पर्ने मापदण्ड रहेपनि यस अघिनै मेडिकल कलेजको प्रयोगशाला विभागले आईएसओः१५८९ः२०१२ ब्अअचभमष्तबतष्यल लिन सफल भइसकेको प्रयोगशालाका निर्देशक डा।सञ्जय यादवले बताए ।

विशिष्ट श्रेणीको प्रयोगशालाको शैसियलतले मेडिकल कलेजका प्रयोगशाला विभागले अन्य प्रयोगशालाहरूमा नहुने विशिष्ट जाँचहरू पनि यसअघि गर्दै आएको यस प्रयोगशालालाई अझ प्रभावकारी ढङ्गले अगाडी बढाउने तयारी भइरहेको पनि उनले बताए ।

अस्पतालको ल्याबले विशेष प्रकारको जाँच सुरु गरेपछि विदेशमा पठाउँनुपर्ने बाध्यतलाई पनि अन्त्य गरेको छ ।

तपाईको प्रतिक्रिया