×

काठमान्डौ । प्रवासी नेपाली सुवासमान सिहं बस्नेतको देउसी गीत बजारमा आएको छ । विगत ३० वर्षदेखि जर्मनमा बस्दै आउनु भएका सफल व्यवसायी बस्नेतले नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारका अवसरमा देउसी गीत बजारमा ल्याउनुभएको हो ।यो रमाईलो साँझमा देउसी खेल्दै आयौ हजुरको घरमा बोलको देउसी गीतमा कलाकार ॐबिक्रम विष्टको संगित रहेको छ ।

नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उदेश्यले देउसी गीतलाई स्वर दिएकाे भन्दै उहाँले विदेशमा रहेपनि नेपालीपन र संस्कृतीले आफुलाई सधैभरी नजिक राखेकाले गीत मार्फत थोरै भएपनि कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।सुवास गौतम नामक आफ्नै युटुव च्यानल मार्फत बस्नेतले गीत सार्वजनिक गर्नुभएको हो ।

सानैदेखि गीत संगितमा रुचि राख्ने बस्नेतले कार्यब्यस्तताले याे क्षेत्रमा समय दिन नसकेकाे भन्दै आगामी दिनमा  गीतकाे भिडियाेलाई ब्यवस्थित तवरले छायाङ्कन गर्नुका साथै नयाँ गीतहरु समेत ल्याउने याेजना रहेकाे जानकारी दिनुभयाे ।

जर्मनमा रहेको आफ्नै निवासमा छायाकंन गरिएको देउसी गीत मार्फत विदेशी नागरिकहरुले समेत नेपाली गीत संगीतमा रुची पूर्वक नाचगान गरेको देख्न सकिन्छ ।नेपालको काठमान्डौमा स्थायी घर भएका बस्नेत श्रीमती र २ छोराहरुका साथमा व्यवसायीक कर्मका लागि हाल जर्मनमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया