×

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ।शनिबार पनि सचिवालय बैठक बसेको थियो। शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नामावली तयार गर्नेबारे छलफल गरेको थियो।

बैठकमा महासचिव शंकर पोखरेलले उम्मेदवार छनौटका मापदण्डबारे जानकारी गराएका थिए।प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवारको सूची बनाउन एमालेले गृहकार्य गरिरहेको छ।

आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवारको सूची तय गर्नेछ। निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवार सूची बुझाउने समय दिएको छ।

तपाईको प्रतिक्रिया